एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा

मंसिर १३, काठमाडौँ । एनआईसी एशिया बैंकले पोखराको बुढिबजारमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले मंसिर १३ गते (आज) पोखरा महानगरपालिका वडा नं २६, बुढिबजार कास्की स्थित नयाँ शाखा विस्तार गरेको हो । 

शाखाको उद्घाटन एक समारोहकाबिच एनआई सी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरे । 

null

हाल बैंकले मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *