प्रदर्शन मितिसहित ‘समर लभ’ को पोस्टर सार्वजनिक

कात्तिक २६, काठमाडौँ । साहित्य जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साहित्यकार सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र समर लभको पोस्टर सार्वजनिक भएको छ । 

माघ २५ देखि प्रदर्शनमा आउन लागेको चलचित्रको सोमबार पोस्टर सार्वजनिक गरिएको हो । चलचित्रमा डेब्यु कलाकारको रुपमा रहेका आशीष ‘अतित’ र रेवतीले ‘साया’ को भूमिका निभाएका छन् । 

 

null

  

सुविन भट्टराईको उपन्यास समर लभमाथि बनेको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशीष पिया र रेवती क्षेत्री मुख्य भूमिकामा देखिनेछन् । 

सार्वजनिक भएको पोस्टर कोरियन फिल्मको पोस्टरका स्टाइलमा आएका छन् । 

 

चलचित्रको निर्देशन मुस्कान ढकालले गरेका छन्। सामीप्यराज तिमल्सेनाको पटकथा रहेको फिल्मको संवाद उपन्यासकार भट्टराई र तिमल्सेनाको संयुक्त संवाद रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *