कानुन निर्माणको निकास चाँडै : मन्त्री ढकाल

बिराटनगर, कात्तिक १६ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले साझा सूचीमा रहेका कानुन निर्माणको क्रमलाई सरकारले चाँडो भन्दा चाँडो निकास दिने बताएका छन् । बिराटनगरमा शक्रबार बिहान स्थानीय संचारकर्मीसँगको कुराकानीमा मन्त्री ढकालले बिषेश गरी प्रदेश र स्थानीय तहमा कर्मचारी संमायोजन र प्रहरी ऐन सम्बन्धी बिषयमा छिटो निकास दिन सरकारले आन्तरिक गृहकार्यमा शुरु गरिसकेको पनि जानकारी दिए । 

उनले प्रदेश सरकारको माग र अहिलेको आवश्यता अनुसार अतिरिक्त समस्याको रुपमा लिएर ती दुई बिषयलाई तत्काल सरकारले सावधान गर्न लागि परेको जानकारी दिए । मन्त्री ढकालले संघले कानुन निर्माण नगरेको खण्डमा संविधानसँग विझिएर कुनैपनि कानुने निर्माण भएको खण्डमा भने स्वतः खारेज हुने बताए । 

मन्त्री ढकालले साझा सूचीमा रहेका अधिकारका कानुन निर्माणमा प्रदेश सरकारले संघलाई छिटो रुपमा कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको मात्र जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *