जो अगुवा उही बाटो हगुवा: बिना हस्ताक्षर र छाप कसरी जारी भाे विज्ञप्ति

कात्तिक २४, काठमाडाैं । पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको नेप्सेले कम्पनी ऐन, २०६३को मर्म लाई ठाडै बेवास्ता गरेको छ । गत कात्तिक २० गते जारी विज्ञप्तिमा प्रवक्ताको न त सही थियो न त नेप्सेको आधिकारिक छाप नै । 

नेप्से कम्पनी हो तर, कानूनी व्यक्ति भएकोमा उसले पेश गर्ने प्रतिबेदन, अभिलेख तथा कुनै सूचना, कम्पनीका आधिकारिक प्रकाशनहरु, कम्पनीका तर्फबाट जारी गरिएका आधिकारिक लिखतहरुमा छाप र हस्ताक्षर गर्नुपर्ने कम्पनी ऐन २०६३को दफा २६ (२) मा उल्लेख छ । तर, २० गतेकाे विज्ञप्तिमा त्यस्ताे कुनै अाधिकारीक छाप र हस्ताक्षर छैन । 

 

null

कात्तिक २० गते मंगलबारका दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले पूर्ण स्वचालित अनलाइन समुद्घाटन भएको विषयमा प्रेस विज्ञप्ति जारी गरेको थियो । उक्त जारी विज्ञप्तिमा नेप्सेका प्रवक्ता तथा कामु सहायक प्रबन्धक समेत रहेका मुराहरी पराजुलीको नाम उल्लेख थियो । बिना हस्ताक्षर र कम्पनीको छाप नलगाई निकालिएको विज्ञप्तिले गैर जिम्मेवारपूर्ण तवर उदाङ्गिएकाे छ । 

नेप्से जस्तो आधिकारिक निकायले यस किसिमका गल्तीले ऊ आफैं कस्तो हो भन्ने जिज्ञासा सर्वत्र भएको छ । यद्यपि सही र छाप अनिवार्य हुनुपर्ने अनि मात्रै यसले बैधानिकता पाउने कुरामा नेप्से पनि जानकार हुनुपर्छ । परिस्थितिले हिजो विपरीत मोड समातेको अवस्थामा नेप्सेका प्रवक्ता समेत रहेका मुराहरी पराजुली एक जिम्मेवार अधिकारी हुन् भन्ने कुरो बिर्सनु हुँदैन भन्ने सर्वत्र आलोचना भैइरहेको छ । 

 

करिब २ सय सूचीकृत कम्पनी माथि नियमन गर्ने नेप्सेकाे हेल्चेक्र्याईमा प्रवक्ता पराजुलीको योग्यता र बुद्धिमता माथि नै प्रश्न चिन्ह र शंका खडा भएको शेयर ब्राेकरहरूकाे भनाइ छ । ‘नेप्सेकाे पदाधिकारीहरू कतिसम्म गैरजिम्मेवार र लापरवाह छन् भन्ने याे विज्ञप्तिले प्रष्ट पारेकाे छ ।’ एक ब्राेकरले मकालु खबरसँग भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *