इक्यानको शुभकामना कार्यक्रममा माधव नेपाल देखि नारायणकाजीसम्म

कात्तिक १७, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।  

आज दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीका साथै विभिन्न राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

 

null

उक्त कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, विद्यार्थी नेता ठाकूर गैरे, काठमाडौं क्षेत्र नं. १ का सभाषद दीपेन्द्र श्रेष्ठको समेत सहभागिता थियो । यसैगरी ब्रिटिस काउन्सिलका जिम ओनिल, विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रतिनिधि, तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।  

 

कार्यक्रममा उपस्थितहरुले एकापसमा दिपावली, नेपाल संम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *