शेयर बजारः दोहोरो अंकले घट्यो

मंसिर १३, काठमाडौँ । बिहीबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । 

कारोबार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ । 

null

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ । 

आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ । 

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *