देश विकासमा संघिय र स्थानीय प्रतिनिधिविच समन्वय हुन अावश्यकः भगवती चाैधरी

कात्तिक १७, सुनसरी । संघिय प्रतिनिधि र स्थानीय सरकार विच समन्वय र सहकार्य नहुँदा देशमा साेचे अनुसारकाे विकास हुन नसकेकाे पूर्वराज्य मन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य भगवती चाैधरीले बताएकी छिन् ।  

नेकपा सुनसरीकाे क्षेत्र नं. ३ काे गढी गाउँपालिकाले दशैं तिहार तथा छठ पर्वकाे अवसरमा अायाेजित शुभकामना अादान प्रदान कार्यक्रममा बाेल्दै उनले देशलार्इ अार्थिक संबृद्धि तर्फ लैजान संघिय र स्थानीय प्रतिनिधि विच सहकार्य र समन्वय हुनुपर्नेमा जाेड दिइन् ।  

 

null

संघिय प्रतिनिधि र स्थानीय सरकार विच तालमेल हुन अावश्यक छ, यसका लागि जनताकाे अाधारभूत अावश्यक्ता शिक्षा, स्वास्थ्य, राेजगारीका क्षेत्रमा सहकार्य गर्न अावश्यक छ । कार्यक्रममा प्रमुख अतिथिकाे अासनबाट बाेल्दै नेतृ चाैधरीले भनिन् ।  

देशलाई समाजवाद उन्मुख बनाउन, जनताको आधारभूत आवश्यकतासँग जोड़ि शिक्षा, स्वास्थ्य, रोज़गारीलाई प्राथमिक लक्ष्य बनाएर चुनावमा घाेषणा गरिएका प्रतिबद्धता पुरा गर्न साेहि अनुसारकाे नीति तथा कार्यक्रम उल्लेख गरी बजेट ल्याएकाे भन्दै तिनै तहका सरकारले देश विकासकाे महान अभियानका एक भएर हिँड्नु पर्ने नेतृ चाैधरीकाे धारणा थियाे । 

उनले पार्टी भित्र देखिएकाे असन्तुष्टि र पार्टी एकताकाे विषय अाेझेलमा परेकाे गुनासामा निकट भविष्यमै पार्टी एकीकरण हुने र पार्टी भित्र देखिएका मतभिन्नता समेत हल हुने दावि गरिन् ।  

 

शुभकामना अादानप्रदान कार्यक्रममा नेकपाका मुक्साहाङ मेन्याङ्वाे, नेकपा सुनसरी जिल्ला कमिटि सदस्य बिनय पाेखरेल, राम निराैला, रामजान अलि, अाशनारायण चाैधरी, रिभा कर्ण, अनुष्ट दाहाल एवं विभिन्न संघ संस्था सुरक्षा निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूकाे समेत सहभागिता रहेकाे थियाे । कार्यक्रम नेकपा गढी कमिटि संयाेजक रामदेव यादवकाे अध्यक्षतामा भएकाे थियाे । 

शुभकामना कार्यक्रममा गढी गाउँपालिका महिला, बृद्धबृद्धा, युवाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *