मुक्त कमैया शिविरका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

लम्कीर कार्तिक २८ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १, लम्कीको एकतानगर मुक्त कमैया शिविरका बालबालिकाहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । 

कार्यक्रममा मुक्त कमैया शिविरमा रहेको नमूना अध्ययन गृहमा अध्ययनरत ६२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित न्यानो लुगा समेत वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण बजगाईले बताए । 

कैलालीका लागि नेपाली भन्ने मुल नारा सहित शिक्षामा सहयोगार्थ टीम हेप्पी फेमिली संस्थाको सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । 

null

 

कार्यक्रममा प्रत्येक बालबालिकालाई एक थान झोला, एक जोडा न्यानो लुगा तथा खेलकुदका सामग्री वितरण गरिएको हो । सामाजिक अभियन्ता तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक लक्ष्मण बजगाईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा राजनीतिज्ञ रंगनाथ ढकाल रहेका थिए । 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी ढकालले युवाहरुको अभियानले संकलन गरेको सहयोग बालबालिकाहरुका लागि ठुलो राहत मिल्ने भन्दै बिदेशीहरुको आश नपरी एक नेपालीले अर्को नेपालीलाई यसरी सहयोग गरे सबै बालबालिका शिक्षाको पहुँचमा ल्याउन सकिने बताए । 

कार्यक्रममा बिशिष्ट अतिथी नेपाल रेडक्रस सोसाइटी लम्की उपशाखाका सभापति एवम् नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले बालबालिकाहरुलाई यदि भविष्यको कर्णधार बनाउने हो भने उनीहरूले पाउनुपर्ने आधारभुत अधिकारको सुनिश्चित गर्नुपर्ने र बालबालिकालाई अधिकारबाट बन्चित गर्न नहुने बताए । कार्यक्रममा सामथ्र्य नेपालका संयोजक अर्जुन भुषाल, टिम हेप्पी फेमिलीका अध्यक्ष प्रतिभा खड्का , फौजी अधिकारी, कलाकार रत्नकमल बिष्ट , सिर्जनशील नेपाल लम्कीका उपाध्यक्ष प्रकाश बिष्ट लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । 

कार्यक्रमको संचालन शिर्जनशिल नेपाल लम्कीका अध्यक्ष जनक सुनारले गरेका थिए । अध्ययन केन्द्रमा हाल मुक्त कमैया परिवारका करिब ६५ जना बालबालिका अध्ययनरत छन । शिर्जनशिला नेपाल लम्कीको पहलमा केन्द्रको भवन निर्माणका लागि समेत सहयोग संकलन भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *