धिताेपत्र बजारमा किन अाउँदैछ विद्युतिय हस्ताक्षर !

मंसिर १३, काठमाडाैं । धितोपत्र बजारमा विद्युतिय हस्ताक्षर प्रयोगमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले डिजिटल हस्ताक्षरको प्रयोगलाई कार्यन्वयनमा ल्याउने लागेको हो । 

बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत सूचना प्रविधि नीति तर्जुमा भई डिजिटल हस्ताक्षर कार्यान्वयनमा ल्याउने क्रममा रहेको बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीको भनाई छ । 

बोर्डका अध्यक्ष कार्कीका अनुसार ‘विद्युतीय कारोबार ऐन’ कार्यान्वयनमा आएपछि यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतिय हस्ताक्षरको शुरुवात गर्नु आवश्यक रहेको स्पष्ट पारे । 

null

विद्युतिय हस्ताक्षर प्रयोगबारे बोर्डले धितोपत्र व्यवसायीहरूसँग अन्तरक्रिया हिजो सम्पन्न गरिसकेको छ । आगामी दिनमा बोर्डले नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, ब्रोकर ,क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकरहरुलाई समेत जानकारी गराउने बोर्डले तयारी गरिरहेको छ । 

विद्युतिय हस्ताक्षर प्रयोगमा ल्याउन बोर्डले नेपाल सट्र्रिफाइङ्ग कम्पनीसँग साझेदारी गर्ने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *