वीरगञ्जबाट ६ लाखको चाँदी सहित भारतीय पक्राउ

मंसिर ६, पर्सा । नेपालबाट अवैध रुपमा लैजाँदै गरेको १० किलोग्राम चाँदीसहित एक जना भारतीय पक्राउ परेका छन् । 

नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट पक्राउ परेका हुन् । 

प्रहरीले विशेष सूचनाका आधारमा भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो । 

null

वीआ २२ एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु तथा बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको सञ्चारकर्मीलाई बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =