नेकपाले महत्वपूर्ण राजनीतिक निर्णय स्थायी समिति बाटै गर्ने

काठमाडौं : सत्तारुढ नेकपाले महत्वपूर्ण राजनीतिक निर्णय अब पार्टी स्थायी समिति बैठकबाटै गर्ने भएको छ। स्थायी समिति र केन्द्रीय समिति छलेर महत्वपूर्ण राजनीतिक तथा संगठनात्मक निर्णय सचिवालयबाटै गर्न थालेको भनी पार्टीभित्रै चर्काे आलोचना हुन थालेपछि उसले अब निर्णय स्थायी समितिबाटै गर्ने भएको हो। 

सचिवालयले दैनन्दिनका प्रशासनिक काम मात्र गर्ने र उसले कुनै निर्णय गराउनु पर्ने भए प्रस्ताव मात्र तयार पार्नेछ, अन्नपूर्ण पोस्टमा खबर छ । 

गत साउन ५ को सचिवालय बैठकले गरेको प्रदेश पदाधिकारी चयनको निर्णय पार्टीभित्रै विवादमा आएपछि निर्णय प्रक्रिया स्थायी समिति बैठकबाट गर्ने प्रतिबद्धता नेताद्वयले जनाएका छन्। 

null

बिहीबार सुरु सचिवालय बैठकले अब प्रदेश कमिटीको पूर्णता, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव मात्रै तयार पार्नेछ। झण्डै एक महिनाअघि बसेको सचिवालय बैठकमै वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधि प्रक्रियाअनुसार स्थायी समिति बैठकबाट पार्टी निर्णय गर्नुपर्ने धारणासहितको ‘नोट अफ डिसेन्ट’ राखेका थिए। 

बुधबार पनि वरिष्ठ नेता नेपाल पक्षका २१ केन्द्रीय सदस्यले सचिवालयलाई महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अधिकार नहुने भन्दै छिटो वा तत्काल निर्णय लिनु पर्ने अवस्था आएमा केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी स्थायी समितिले निर्णय गर्नुपर्ने माग गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *