ट्रयाक्टरबाट लडेर दुई वर्षीया बालिकाको मृत्यु

मंसिर ६, सप्तरी । कञ्चनरुप नगरपालिका ६ की दुई वर्षीया बालिकाको ट्रयाक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी कृतिकाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ट्रयाक्टरबाट लडेर मृत्यु भएको हो ।  

घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्रयाक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएकामा थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटामा मृत्यु भएको हो । 

राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी घर परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *