इन्टरपोलको प्रमुखमा दक्षिण कोरियाका किम जोङ–याङ निर्वाचित

मंसिर ५, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको प्रमुख पदमा दक्षिण कोरियाका किम जोङ–याङ निर्वाचित भएका छन्। 

रुसका विवादित उमेद्वार अलेक्जेन्डर प्रोकोपचुकलाई ठूलो मतान्तरले पराजित गर्दै किम जोङ–याङ निर्वाचित भएका हुन् । 

दुबइमा १ सय ९४ सदस्यकाबीच आयोजित बैठकमा प्रोकोपचुकलाई इन्टरपोलका सदस्यले प्रमुख पदका लागि अस्वीकार गरेका थिए। 

null

प्रोकोपचुकलाई अन्तर्राष्ट्रिय एरेस्ट वारेन्टको दुरुपयोग गरेर क्रेमलिनमा मानिसहरु पक्राउ गरेको आरोप लागेको छ। 

इन्टरपोलका पूर्व प्रमुख मेङ होङवी गत सेप्टेम्बरमा चीनमा बन्दी भएपछि नयाँ प्रमुखका लागि निर्वाचन गरिएको हो। होङवीमाथि चीनले घुस लिएको बारे अनुसन्धान गरिरहेको जनाएको छ। 

रूसी गृहमन्त्रालयका अधिकारी तथा इन्टरपोलका वर्तमान् उप–प्रमुख अलेक्जेण्डर प्रोकोप्चुक उक्त पदका लागि सम्भावित प्रिय पात्र रहेका छन् । 

अमेरिकाका दुबै दल आवद्ध सिनेटरहरूको समूहले यसैहप्ता एउटा खुल्ला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको इन्चार्ज’ बनाउनुसरह हुने बताएका थिए । 

रूसले निरन्तर रूपमा इन्टरपोलको दुरूपयोग गर्दै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि विजयको यात्रा तय गर्दै आएको उनीहरूले बताएका थिए । उनीहरूले उक्त रणनीतिमा प्रोकोप्चुक आँफै सहभागी हुने गरेको समेत आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *