अपर तामाकोशीको आइपीओ बाँडफाँड, क-कसले कति पाए ? नामावलीसहित

मंसिर ११, काठमाडौं ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमा रितपूर्वक आवेदन दिने सम्पूर्णले शेयर पाएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले ४० कित्ता पाएका हुन् ।   

बिक्री प्रबन्धकका अनुसार ३ लाख ३९ हजार ७ सय ७५ जना लगानीकर्ताले आवेदन दिएका थिए । त्यसमध्ये ३ लाख ३४ हजार ७५ जना आवेदक मात्रै योग्य ठहरिएका थिए । 

आवेदन दिएका मध्ये ५ हजार ७ सय आवेदकले दोहोरो आवेदन दिएका कारणले बाँडफाँडमा समावेश नगरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । 

null

योग्य आवेदकलाई ४० कित्ताका दरले शेयर बाँडफाँड गरेपछि बाँकी रहेको १ लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर १ लाख ७२ हजार जनालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ । उनीहरुले कूल ५० कित्ता शेयर पाएका छन् । 

माथिल्लो जलविद्युत कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । त्यो मध्ये १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सर्वसाधारणलाई र ७ लाख ९४ हजार २ सय ५० कित्ता म्युचुअल फण्डलाई दिइएको थियो । 

यस आइपीओमा ६ करोड ५९ लाख १७ हजार ७ सय ९३ कित्ताका लागि आवेदन परेको थियो । कम्पनीको शेयरमा ४.३७ गुणा धेरै आवेदन परेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *