भूपरिबेष्ठितमा नेवि

‘नेविसंघको म्याद थप्ने: संगठनलाइ हडप्ने । नेविसंघ नयाँ बनाउ, विद्यार्थीलाइ जोगाउ । नेविसंघ हाम्रो प्रान हो, कांग्रेसीको ज्यान हो । देउपा पौडेल जे गर्छौ, परिनाम त्यै भर्छौ । हुनु हुनामी भैसक्यो, मलामी जाने भैसक्यो । नेविसंलाइ बचाउन प्रान दिन तैयार छौं । नेविसंघलाइ घाटमा पुर्याउनेको प्रान लिन तैयार हौं ।’ यस्तै आदिउदी नारा लगाउँदै नेविसंघका ‘भित्ति’ कार्जेकर्ताहरु महामानव वीपी कोइराला स्मृति भवन (नेपाली कांग्रेसको केन्द्रिय कार्यालय) सानेपाको गेटमा उफ्रिपाफ्री गरिरहेका थिए । 

उता देउवा पार्टी बैठकमा आउन बुढानिलकण्ठ निवासमा लबेदा सुरुवाल लाएर तैयार हुँदै थिए । त्यतिनै बेला देउपाको सहयोगी भालेमुङ्ग्रो जस्तो फेसन गरेको एकुण्टा ठिटो हस्याँङफस्याङ गर्दै आएर भन्यो,–‘दाई अहिले सानेपा जानु ठीक छैन् । भित्तिहरु तथानाम भन्दै गेटैमा उफ्रिरा’चन् ।’ 

देउपाले जंगिदै भने,–‘छोड दे त्यस्ता नाथे भित्तिका कुरा । हिजमेजेस्टीले जोरी खोज्दा त टेरिन । मेरै टाट्नामा हुर्केका भित्तिका के कुरा रु अरिङ्गाल खाए बच्छ्युँ खाएँ, नाथे तिते बारुला ।’ 

null

देउपाको सवारी बैठक कक्षमा पुगेपछि बैठक सुरु भयो । रामचन्द्र पौडेलले बैठकको सुरुमै सुकिसकेको सोर झिकेर कुरा राखे, ‘नेविसंघको म्याद थप्नु हुन्न । महाधिवेसन गरेर नयाँ च्वाँक–च्वाँक नेतृत्व ल्याउनु पर्छ ।’ 

देउपाको सवारी काफिला सानेपा तिर रवाना भयो । नभन्दै सानेपा गेटमा पुग्दा नाराबाजी चलिरहेको थियो । देउपा पुग्नासाथ नारा जोडजोडले घन्किन थाल्यो । देउपालाइ देख्नासाथ नयाँ नारा पनि थपियो । ‘देउपा तिमी के हेर्छौ, बनाना भो लोकतन्त्र ।’ ‘नेविसंघको बोट काटे खुस्किन्छ तिम्रो झोकतन्त्र ।’ ‘देउपा आउ, नेविसंघ बचाउ ।’ भिड छल्दै देउपा भित्र पसे । यता भक्तबहादुर बलायर आफ्नो बल देखाउन कार्जेकर्तामाथि मुर्मुरिँदै थिए । बलायरलाई नाराबाजी दलले झ्याँकुटी पारी हाले । 

देउपाको सवारी बैठक कक्षमा पुगेपछि बैठक सुरु भयो । रामचन्द्र पौडेलले बैठकको सुरुमै सुकिसकेको सोर झिकेर कुरा राखे, ‘नेविसंघको म्याद थप्नु हुन्न । महाधिवेसन गरेर नयाँ च्वाँक–च्वाँक नेतृत्व ल्याउनु पर्छ ।’‘तपाँई जत्तिको पाको उमेरको मान्छेले पार्टीमा यस्तो छाडा कुरा राख्न सुहाउँदैन् ।’ देउपा एक्कासी झोँक्किए । 

‘मैले के छाडा बोलेँ ।’ पौडेलले तुरुन्तै जबाफ फर्काए । 

‘च्वाँक–च्वाँक चैँ भनेको चैं के नी ?’ देउपाले जोरी खोज्ने मुड झिके । 

‘यो त नेपाली वाङ्मयमा चलेकै शब्द हो नी । पार्टी गत चुनाउमा नराम्रोसंग बल्ड्याङ खायो । नेविसंघमा अली हिस्सी परेका, दार मिलेका जिउको कदकाँटी मिलेकालाई ल्याउन पाए, विपक्षी पार्टीकालाई र जनतालाइ पनि आकर्षण दिन सकिन्थ्यो । अझ त्रिपुरा सुन्दरी झैं लाग्ने छात्राहरु भएभने नेविसंघमा गोलबन्द गर्न झन सहज हुने थियो । सुन्दर सुन्दरीहरुको मेला लगाइयो भनेमात्र हाम्रो पार्टीमा आउनेहरुको भेल बढ्छ । र, आगामि निर्वाचनमा सजिलो होला ।’ पौडेलले पस्टिकरण खापे । 

 

च्वाँक, स्वाँकमै गाँड कोराकोर भएर काङ्ग्रेसको बैठक विषयान्तर हुने लक्षण देखापरेपछि विमलेन्द्र निधीले विषयान्तर हुन नदिन दुवै नेतालाइ इसार गर्दै भने, ‘यहाँ नेविसंघको कुरा छ, तपाँइहरु च्वाँकस्वाँकमा अल्मलिनु भाको छ ।’ 

‘तिमी नै झिक न त कुरा । चुनाउ हारेपछि तिमीले पार्टी हेर्ने समय पाका छौ । उपसभापति पनि भाका छौ ।’ देउपाले निधिलाइ आदेश गरे । 

‘जै नेपाल, साथीहरु अब यो नेविसंघलाइ के गर्ने ? म्याद थप्ने कि ? नथप्ने कि ? विघटन गरेर सँधैको हेडेक पन्साउने कि ? प्रतिपक्षमा छौं यसो पुत्लापुत्ली जलाउने, ढुङ्गा हान्ने, बार भाँच्ने काम भविष्यमा आइपर्ला तेसो भा राख्ने कि रु ३२ वर्षभन्दा माथिका बयोबृद्धलाइ सदस्यता खारेज गरिएको सन्दर्भमा त्यो भन्दा मुनिका लाइन छोकडा लाइन छोकडीहरुलाइ संगठित गर्न महाधिवेसन गर्ने कि रु के गर्ने छलफल होस र एउटा वैधानिक तथा लोकतान्त्रिक निर्नय होस ।’ निधीले पुरै बैठकको कार्यसूची पेश गरे । 

बैठकमा थरीथरीका प्रस्तावहरु आए । पौडेल पक्षले नयाँ महाधिवेसनमा जाने जोडदार कुरा उठाए । देउपा पक्षधरले म्याद थप्ने कुरा उठाए । उनीहरुको तर्क पनि गज्जबकै थियो । नेविसंघलाई म्याद थप्दै करारमा नराखे अर्थात म्यादी नेविसंघ नबनाए केटाले टेर्दैनन् भन्ने भयो । कुराको चुरोमा बैठक पुग्न सकिरहेको थिएन् । दिन घर्कदैँ जाँदा पनि कुनै टुङ्गो हुन सकिरहेको थिएन । बाहिर नारबाजी पनि केहि मत्थर भैसकेको थियो । 

बैठक लम्बेतान हुँदै गएपछि देउपाले मन्तव्य राख्ने विचार गर्दै निधीलाइ इशारा गरे । निधीले देउपाले मन्तव्य राख्ने उद्घोष गरे । 

‘भँरभन्दा नेपाल एक भूपरिवेष्ठित देश हो भन्ने कुरा सर्वविधितै छ । भूपरिष्ठित भएकोले नेपालमा पानी जहाजको कुरा हुँदैन । तर, ओलीले हावामै पानी जहाजको कुरा गरेर अल्मल्याएका छन् । खानेपानी छैन कताको पानी जहाज ? धेरै जनता गणेशमानले भने जस्तो भेडा रचन त्यस्तो कुरा पनि पत्याउँदा रचन् । तर हाम्रो पार्टी त्यस्तो हावा कुरा गर्ने पार्टी होइन । यसकारण पानीसंग सम्बन्धित कुनै कुरा गर्नु पनि छैन् । मेरो विचारमा नेपालमा हावा र जमिनसंग सम्बन्धित संघ संगठन हुनुपर्च । नेवी भनेको पानीमा लड्ने शक्ति हो । जमिनमा लड्ने थल सेना, हावामा लड्ने एयर फोर्स पानीमा लड्ने नेवि शक्ति हो । 

अब यो नेवि शक्तिको जरुरत छैन् । हिजो प्रजातन्त्रको जहाज चलाउनु पर्ने थियो त्यसैले वीपी वावुले मलाइ त्यसको कमाण्डर बनाउनु भएको हो । प्रजातन्त्रको पानी जहाज ग्राउण्डेड भैसकेको छ । त्यो जहाज चलाउने नेवि शक्तिलाई आस्तेआस्ते खारेज गर्नु पर्छ । अहिले नै होइन । महाधिवेसन गरेर त्यस्तो नेवि शक्तिको बनाउन जरुरत छैन् । यतिखेर केटा मोराहरु उफ्रिरा’चन फेरीपनि दूई महिनाको करार थपेर म्यादी बनाइदिउँ कुरै खँलास ।’बैठक अबेर भैसकेको थियो सबैले यसै कुरालाई ‘विनविन सिचुवेसन’ मानेर बैठक तुर्याए । 

जै नेपाल । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *