विद्यालयको कोठाबाट साढे दुई लाख नगदसहित आठ जुवाडे पक्राउ
२०७५ मंसिर ९ गते

मंसिर ९, काठमाडौँ । पोखरामा विद्यालयको कोठाभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।
पोखराको नयाँबजार स्थित मार्गदर्शन एकेडेमीमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक सहित ८ जना रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुको साथबाट प्रहरीले दुई लाख २७ हजार रुपैयाँ बरामद गरेको छ ।
null
सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी जानकारी दिएको छ ।
२०७५ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








