भारतीय कलाकार आलोक नाथविरुद्ध बलात्कारको आरोप

मंसिर ६, मुम्बई । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । 

मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारहरुमाथि पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । 

null

एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ । 

“मंगलबार भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आइन् र आलोक नाथविरुद्ध उजुरी दिइन्,” एक प्रहरी अधिकारीले भने । उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *