कर्णाली प्रदेश योजना आयोगमा प्रा. डा. रेग्मी नियुक्त

मंसिर ४, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ । 

null

रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन् । दैलेखनारायण नगरपालिका– ३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारक रूपमा काम गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =