किष्ट बैंक घोटाला प्रकरणः तत्कालीन नायब महाप्रबन्धक घर्तीसहित दुई जना पक्राउ

मंसिर ७, काठमाडौँ । किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती घर्तीसहित दुई जना पक्राउ परेका छन् ।
बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले तत्कालीन महाप्रबन्धक घर्ती र प्रवीण श्रेष्ठलार्इ बिहीबार साँझ पक्राउ गरेको हो ।
उनीहरु दुवैले किष्ट बैंक घोटला प्रकरणमा सजाय भुक्तानी गरिसकेको ब्युरो स्रोतले जनाएको छ ।
null
हाल नेशनल ब्याकिङ्ग इन्स्टिच्युटमा आवद्ध छन्। किष्ट बैंकबाट सुनको नाममा ढलोट धितो राखेर १४ करोड रुपैयाँ कर्जा दिएको पुष्टि भएको र त्यसमा उनको संलग्नता रहेको यसअघि नै पुष्टि भएको थियो।
बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परिसकेका छन्। ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो। ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो।








