श्री साईको जन्मोत्सवमा विराटनगरमा र्याली

मंसिर ७, विराटनगर । श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार विराटनगरमा शोभायात्रा निकालिएको छ । जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो । स्थानीय सरौचिया मोडबाट निकालिएको र्यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो । 

शोभायात्रामा श्रीसत्य साई केन्द्र सरौचिया, रानी लगायत विभिन्न साई भजन समूहहरुको सहभागिता रहेको थियो ।साई भक्तहरुले भजन संकीर्तणगर्दै नगर परिक्रमा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *