चलचित्र ‘गोपी’ को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ (भिडियोसहित)

मंसिर ६, काठमाडौं । चलचित्र गोपी को पहिलो गीत लक्ष्मी कहिले काली सार्वजनिक भएको छ । 

सादिपेन्द्र लामाको निर्देशन रहेको चलचित्र गोपी को लक्ष्मी कहिले कालीमा साहित्यकार बुद्धिसागरको शब्द रहेको छ भने धु्रब बिस्को र एन्जिला रेग्मीले गीत गाएका छन् । 

माघ ८ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा गाई र हिन्दु धर्मबीचको आस्था झल्काइएको छ । भजन शैलीको गीतमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । 

null

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =