सूर्याेदयले ५० प्रतिशत हकप्रद प्रस्ताव गर्दै

मंसिर ११, काठमाडाैं । सूर्याेदय लघुवित्तले पूँजी वृद्धिका लागि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४२.७५ बोनस पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद गर्ने भएको छ। 

लघुवित्तले पुस ७ गते आह्वान गरेको छैटौं वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको छ । 

गत आर्थिक बर्षको नाफाबाट लघुवित्तले (४२.७५%) ३ करोड २३ लाख १९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १७ लाख एक हजार (२.२५%) नगद लाभांश प्रस्ताव गरेको हो । 

null

लघुवित्तको छैटाैं साधारण सभामा प्रस्तावित बोनसपश्चात कायम हुने लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ५ करोड ३९ लाख ५९ हजार ५०० रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ । 

कम्पनीको हकप्रद पश्चात् चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार ५०० पुग्नेछ । त्यसैगरि लघुवित्तले साधारण सभामा पूँजी संरचना परिवर्तन गरी जारी पूँजीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेको छ । 

साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर २४ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *