माछापुच्छ्रे बैंकले कति दिँदैछ लाभांश ?

मंसिर ७, काठमाडाैं । वाणिज्य बैंकहरूमा अग्रणी बैंक बन्न सफल माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताब गर्ने भएकाे छ । बैंककाे बुधबार बसेकाे बैठकले अाफ्ना सेयरधनीलार्इ चुक्ता पूँजीकाे १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्न लागेकाे हाे । 

बैंकको सेयर सदस्यले प्रतिकित्ता १० रुपैयाँका दरले लाभांश पाउने भएका छन् । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । 

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ छ । 

null

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ३८ करोड ७९ लाख वितरण योग्य नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले २८ करोड ९ लाख रुपैयाँ वितरण याेग्य नाफा आर्जन गरेको थियो । 

बैंकले गत वर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ४८.४४ प्रतिशतले वितरण योग्य नाफा बढाएको हो । 

एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट एक करोड ५२ लाख थपिँदा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता बढेको देखिन्छ । 

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्राेफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ । 

एनएफआरएस अनुसार वित्तीय विवरण अनुसार माछापुच्छ्रेले प्रथम त्रैमासमा ३७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । गत बर्ष यसै अवधिमा बैंकले २५ करोड ३ लाख कमाएको थियो । 

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख छ भने जगेडा कोषमा दुई अर्ब ६९ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ । 

त्यसैगरि बैंकले २ अर्ब ३५ करोड ४७ लाख ब्याज आम्दानी गरेर एक अर्ब ५१ करोड २१ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ८४ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ५६ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले गत बर्ष रहेको ६० अर्ब ३० करोड निक्षेप संकलनलाई बढाएर ७७ अर्ब ९८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ५४ अर्ब ९२ करोडबाट ७१ अर्ब ८० करोडमा बढोत्तरी गरेको छ । 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ०.४५ प्रतिशत, जगेडा कोष १०६.९३, निक्षेप २९.३३ प्रतिशत, कर्जा ३०.७३, खुद ब्याज आम्दानी ४७.९० प्रतिशतले सुधार गरेको छ । 

बैंकको खराब कर्जा ०.४५ बाट ०.४७ प्रतिशतमा बढेको छ, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसाबाट १८ रुपैयाँ ४६ पैसामा बढोत्तरी भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर ११.२१ प्रतिशत र कोषको लागत ७.९९ प्रतिशत छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *