जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र देवः बिकास बैंक लि. बीच बैङ्कासुरेन्स सम्झौता

मंसिर १३, काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र देवः बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । 

इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच आज आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका छन् । 

सहमतिसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *