एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

मंसिर ६, काठमाडौं । एन आई सी एशिया बैंकले रुपन्देहीको देवीनगरमा प्रादेशिक कार्यालय विस्तार गरेको छ । बैंकले बुटवल उपमहानगरपालिका वडा नं ११, रुपन्देही स्थित देवीनगरमा प्रादेशिक शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन एन आई सी एशिया बैंक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावले आज गरेका छन् । 

एन आइ सी एशिया बैंकले मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

null

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *