बहराइनमा विपक्षी नेता थुनामा

दुबई।  बहराइनको पुनरावेदन अदालतले विपक्षी अभियानका प्रमुखलाई आजीवन जेल सजायको फैसला गरेको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासुसी गरेको आरोप लगाइएको छ । 

हाल कानुनी प्रतिबन्ध लगाइएको अल–बेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई गत जुन महिनामा उच्च फौजदारी अदालतले सफाइ दिएको थियो । सरकारी वकिलले सो आदेशका विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । 

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ससँगै बहराइनले सन् २०१७ मा कतारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको थियो । इरान र अतिवादी इस्लामिक समूहसँग कतारको सम्बन्ध रहेको भन्दै बहराइनले आफ्ना नागरिकलाई कतारको भ्रमण गर्न र सञ्चार सम्पर्क स्थापित गर्न प्रतिबन्ध लगाएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *