मान्छे बोकेर हिँडेको दुई दर्जन ट्रयाक्टर प्रहरी नियन्त्रणमा

कात्तिक २६, गाईघाट । ट्रयाक्टर दुर्घटना बढेपछि उदयपुरमा प्रहरीले दुई दर्जन ट्रयाक्टर नियन्त्रणमा लिएको छ । 

सोमबार बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो । 

उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्रयाक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको हो । 

null

यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्रयाक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्र्याक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । 

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्रयाक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कील बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *