शैक्षिक सुधारको माग गर्दे शिक्षकहरु धर्नामा

मंसिर ७, विराटनगर । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै आन्दोलित भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् । 

नेपाल शिक्षक महासंघ प्रदेश १ को अगुवाईमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन् । सो क्रममा जम्मा भएका शिक्षकहरुले स्थानिय ट्राफिकचोकबाट विरोध र्यालीसहित प्रदर्शन गर्दै देवकोटाचोकस्थित सामाजिक विकास मन्त्रालय पुगेर धर्ना दिएका थिए । 

उनीहरुले पेशागत हकअधिकार सुनिश्चितगर्न मागगर्दै मन्त्रालय अघिल्लतिर रहेको देवकोटाचोकमा कोणसभा समेत गरेका थिए । 

null

कोणसभामा नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष पुर्णप्रसाद गौतमले राज्यले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उपेक्षा गरिरहेको गुनासो गरे । उनले शिक्षक र विद्यालय कर्मचारीहरुसंग राज्यद्वारा गरिएको विभेद तत्काल अन्त्य गरिनुपर्ने माग गरे । 

 

महासंघबाट घोषित तेश्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार सातवटै प्रदेशमा प्रदेशस्तरिय धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ । 

महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुंदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने आयोजक समितिले जनाएको छ । 

 

महासंघले गुणस्तरिय शिक्षाकालागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रकालागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत विनियोजन गर्नुपर्ने माग गरेका छन । 

यस्तै शैक्षिक संस्था र सरकारबीच विगतमा भएका सहमति र सम्झौताहरु लागू गर्नुपर्ने लगायतका माग गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *