‘निर्मला पन्तले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’

मंसिर ६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको ९ महिना अवधीको गम्भीर समिक्षा गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले सरकारको नौ महिने अवधि पूर्ण असफल भएको निष्कर्ष निकालेको हो । 

पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफल हुन नसकेको आरोप लगाए । 

प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ मना पुगेपनि ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था आएको बताए । पुगेको यो घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ उनले प्रश्न गरे । 

null

उनले यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको विज्ञप्तिमार्फत जाहेर गरेका छन् । 

१. लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन । 

२. राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना । 

३. संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ? 

४. सुसासनः नमच्चीने पिङको सय झड्का । 

५. बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज । 

६. शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या । 

७. न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण 

८. संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य । 

९. समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई बुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द । 

साथै प्रवक्ता शर्माले मन्त्रिपरिषद्को निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत रहेको धार राणाखेका छन्। यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रबन्ध गर्न पनि उनले माग गरेका छन्। 

विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकूल भएको आरोप कांग्रेसको छ। 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको भन्दै सरकारको टिप्पणी गरेका छन् । 

निर्मला पन्तको बुबाआमा डेढ सातादेखि धर्नामा रहेको सुनाउँदै प्रवक्त शर्माले ‘सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’ भन्दै प्रश्न गरे । 

प्रवक्ता शर्माले महासमितिमा प्रस्तुत गर्ने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नितिका सम्बन्धमा प्रदेशस्तरीय अलग–अलग छलफल सम्पन्न भएको पनि जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *