नबिल बैंक आफ्ना खातावालाप्रति चिन्तित, सुरु गर्यो नबिल केयर

मंसिर ९, काठमाडौं । नबिल बैंकले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम ल्याएको छ । बैंकले मेटालाइफ सँगको सहकार्यमा १३ वटा घातक रोगको उपचार खर्च उपलब्ध गराउने स्किम ल्याएको हो । 

बैंकको जुनसुकै बचत खातामा ग्राहकले २५ हजार रुपैयाँ जम्मा गर्नु पर्छ । नियमित ब्याजसँगै यो सुविधा उपलब्ध हुने छ । १६ देखि ६५ बर्षसम्म उमेरका बचतकर्तालाई बीमा स्किमले समेट्ने बैंकले जानकारी दिएको हो । 

नबिल बैंकले बचतकर्ताको प्रिमियम मेटालाइफलाई तिरिदिन्छ । यसमा बार्षिक करिव १५ करोड रुपैयाँ खर्च हुने शाहले जानकारी दिए । 

null

कार्यक्रममा नबिल बैंकका सिइओ अनिल केशरी शाहले भने, ‘यो ऐतिहासिक काम हो, ब्याजमा मात्र केन्द्रित नभई बैंकले सीएसआर अन्तर्गत रहेर नेपालमा रोगहरु पनि बढिरहेको र यसले कुनै पनि लिङ्ग, वर्ग उमेर नहेर्ने भएकाले बैंकले मेटलाइफसँग मिलेर यो नबिल केयर सुबिधा ल्याइएको हो ।’ 

क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, फुलमिनेन्ट हेपटाइटिस, एप्लास्टिक एनिमिया जस्ता घातक रोगमा बीमा उपलब्ध गरिएको छ । यसैगरी कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग र बोनम्यारो प्रत्यारोपणलगायत १३ प्रकारका घातक रोगमा बीमा उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए । 

उपचारका लागि बीमा बापत ३ लाख रुपैयाँ उपलब्ध हुनेछ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा ३ लाखका साथै परिवारलाई थप ७५ हजार रुपैयाँ पनि उपलब्ध हुने छ । 

‘बैंकहरुले पानी पर्दा छाता खोस्छन् भनेर बाहिर चर्चा हुन्छ । केही हदसम्म यो सही पनि होला’ शाहले भने,–‘त्यस्तो मान्यतालाई चिर्नका लागि हामीले परोपकारी स्किम ल्याएका हौं । यसले नबिलका बचतकर्तालाई परिवार भएको अनुभूति दिने छ ।’ 

नबिल बैंकले बचतकर्ताको प्रिमियम मेटालाइफलाई तिरिदिन्छ । यसमा बार्षिक करिव १५ करोड रुपैयाँ खर्च हुने शाहले जानकारी दिए । बिरामी भएपछि डाक्टरको सिफारिस बैंकको शाखामा लैजानु पर्छ । शाखाले बीमा कम्पनीमा पुर्याइदिन्छ । त्यसपछि १५ दिनमा बचतकर्ताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 

बैंकले बीमा स्किमलाई ’नबिल केयर’ नाम दिएको छ । नबिल केयरले खातावालालाई मात्र बीमा सुविधा दिन्छ । परिवारलाई नै बीमा सुविधा दिनका लागि भने सबैको बचत खाता हुन अनिवार्य छ । बैंकका ७४ वटा शाखा छन् । यी शाखामा गएर जुनसुकै बचत खाता खोल्न सकिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *