नेता, कार्यकर्तालाई सभापति देउवाको प्रश्नः माधव नेपालको जति हिम्मत छैन ?

मंसिर ६, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतल गतिविधिका विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

महासमिति बैठकमा पेश गरिने राजनैतिक एवम् मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । 

उनले आफ्नो विरोध नभइ सरकारको विरोध गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको छ’, उनले भने । 

null

कार्यक्रममा सभापति देउवाले नेकपाको नडराइ विरोध गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे ।  

‘नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिसके,’ सभापति देउवाले प्रश्न गरे, ‘के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् ?’ 

मुलुकमा हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकार उनले सरकार असफल भएको दावी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *