खरिद अनुगमन कार्यालयले भन्यो, सात दिनभित्र वाइडबडीकाे प्रतिवेदन बुझाउँछाैँ

मंसिर १२, काठमाडौँ । सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। 

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । 

वाइडबडी विमानमा आर्थिक घोटाला भएको भन्दै सर्वत्र आलोचना आएपछि बुधबार सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर समितिको बैठकमा छलफल गरिएको थियो । 

null

कार्यालयका सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेका कारण अहिले नै औपचारिक रुपमा जानकारी दिन नमिल्ने बताएका थिए । 

छलफलका क्रममा बैठकमा सहभागी सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले खरिद ऐनअनुसार वाइडबडी विमान किनिएको हो होइन समितिलाई जवाफ दिन आग्रह गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसप्रसाद रेग्मीले ७ दिनभत्रि अध्ययन गरी समितिलाई रिपोर्ट दिने उल्लेख गरेका हुन्। 

संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको भन्दै खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताइएको थियो । 

संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको भन्दै खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । 

सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । 

समितिका सभापति भरत साहले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको, विमान खरिद नयाँ हो कि पुरानो, १४–१४ घण्टा उडान भर्नुपर्नेमा ५–६ घण्टा मात्र उडान भएको छ, ट्राभल प्लान हावादारी छ किन यस्तो ? लगायतको प्रश्न गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *