प्रधानमन्त्री अलमलमा परेका कारण निराशा बढ्यो–सांसद गगन थापा

कैलाली । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री अलमलमा परेका कारण निराशा बढ्दै गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेकै कारण जनअपेक्षा अनुसार काम नभएको थापाले बताए । 

नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ लम्की चुहा नगर कार्य समितिले गरेको कार्यक्रममा बोल्दै नेता थापाले जनअपेक्षा अनुसार काम नहुनुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि दोषी रहेको तर्क गरे । 

कांग्रेसले सशक्त प्रतिपक्षीको भुमिका खेल्न नसकेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । फरक प्रसङ्गमा थापाले पार्टीभत्रको वेथितिलाई अब वस्ने महासमिति बैठकले अन्त्य गर्ने विश्वास समेत व्यक्त गरेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *