प्रेस काउन्सिल पुरस्कार देवकोटा र बराललाई

मंसिर ७, काठमाडौँ । यस वर्षको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले पाँचलाख राशीको पुरस्कार जनही दुई लाख पचास हजारको दरले प्रदान गर्ने निर्णय गरेको हो । 

लामो समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार देवकोटा नयाँ पत्रिका दैनिकका प्रधान सम्पादकको रुपमा रहेका छन् भने पत्रकार बराल अनलाइनखबर डटकमका सम्पादक हुन् । 

null

 

उक्त पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा मंसिर २४ गते प्रदान गरिने भएको छ । 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *