प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान, १० दिनको समय

काठमाडौँ। संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।   

समितिले प्रस्तावित राजदूतहरु नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा. अञ्जना शाक्यविरुद्ध शुक्रबारदेखि मंसिर १७ गतेसम्म उजुरी दिन सक्ने जनाएको छ।  सरकारले आचार्यलाई भारत, पाण्डेलाई मलेसिया, ढकाललाई युएइ र शाक्यलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको थियो। 

संवैधानिक प्रावधान अनुसार नियुक्ति पूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने गर्छ। मन्त्रिपरिषद् कार्यालयले मंसिर २ गते सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।  

null

समितिको इमेल, टेलिफोन तथा जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरेको छ। 

उजुरी प्राप्त भएपछि समितिले प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाउनेछ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *