नेप्सेले अनलाइन कारोबार बारे तालिम दिदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आम लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा अभ्यस्त गराउनका लागि तालिमको व्यवस्था गरेको छ । 

यसका लागि नेप्सेले मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र मंसिर २१ गते मध्यान्ह १२ बजे नेप्सेकै सभा हलमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

प्रशिक्षण कार्यक्रममा भाग लिनका लागि मंसिर १३ गतेदेखि नै नाम दर्ता खुल्ला गरिएको हो । कार्यक्रममा सहभागि हुनका लागि आफ्नो परिचय खुल्ने प्रमाण पत्र ल्याउनुपर्ने नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ । 

null

उक्त कार्यक्रममा सहभागी हुन नाम दर्ताका लागि कार्यालय समयमा १६६००१२५०२५ मा सम्पर्क गर्न सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *