राइटपाथको चितवन शाखा भाेलीबाट सञ्चालन हुँदै

 

मंसिर १४, चितवन । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सहि काउन्सेलिङ गर्दै आएको राइटपाथ करियर काउन्सेलिङले अब चितवनबाट समेत शैक्षिक परामर्श दिने भएको छ । 

भोली शनिबारबाट राइटपाथ करियर काउन्सेलिङले चितवनको मुख्य बजार लायन्सचौकबाट सेवा सुरु गर्ने भएको छ । आज चितवन शाखा सञ्चालनको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै भोलीबाट शैक्षिक परामर्श सेवा सुरु गरिने राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले बताए । 

null

दुई वर्षअघि राजधानीको पुतलीसडकमा स्थापना भएको राइटपाथले चितवन शाखाबाट अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्यूजलेण्ड, युरोप तथा जापानका लागि शैक्षिक परामर्श दिनेछ । 

 

पत्रकार सम्मेलनमा बोल्दै राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले भने–“चितवन शिक्षा शैक्षिक हब बनिरहेको अवस्थामा यहाँ रहेका विद्यार्थीलाई ABROAD STUDY का विविध पक्षमा सहि परामर्श दिनका लागि राइटपाथले शाखा विस्तार गरेको हो, यसका अलावा विद्यार्थीको चाहना र क्षमता अनुसार उनिहरूलाई करियर काउन्सेलिङ गर्दछौं ।” 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डे तथा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकूरीले भोली चितवन शाखाकाे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सन् ०१६ बाट सञ्चालनमा आएको राइटपाथले विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नुका साथै विभिन्न भाषा कक्षा सञ्चालन समेत गर्नेछ । राइटपाथले विद्यार्थीहरूका लागि IELTS, TOEFL, SAT, PTE, GMAT, GRE, JLPT जस्ता कक्षा समेत सञ्चालन गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *