विमानस्थलमा प्रवेश गर्न र बाहिरिन फरक–फरक सडक तथा गेट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोटक प्रवेश गर्न र बाहिरिन फरक–फरक सडक तथा गेट प्रयोगमा ल्याइएको छ । आइतबारदेखि गोल्डेन गेटको सडकलाई एकतर्फी बनाउँदै पश्चिमतर्फ नयाँ बनाइएको गेटबाट मात्र बाहिरिने व्यवस्था सुरु गरिएको हो । 

विमानस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले गोल्डेन गेटको सडक हुँदै छिर्न मात्र पाइने नियम लागू गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले बताए । 

विमानस्थलमा गाडी पार्किङ पनि स्थानान्तरण गरिएको छ । आइतबारदेखि यसअघि गाडी पार्किङ रहेको स्थानलाई खाली गराइएको छ । 

null

सो स्थानलाई लेन छुट्याइएर यात्रु चढाउन मात्र पाइने छ । गोल्डेन गेटसँगै बनाइएको नयाँ पार्किङस्थलमा गाडी पार्किङ गर्नुपर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *