आगलागीमा ३ महिने शिशुसहित एकै परिवारका चार जनाको मृत्यु

झापा । जिल्लाको  शिवसताक्षी नगरपालिका वडा न ७ लालझोडामा आइतबार राती ९ बजे भएको आगलागीमा परि ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु भएको छ। 

प्राप्त जानकारी अनुसार राती ९ बजेको समयमा भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको काठको दुइ तले घरमा आगलागि भएको थियो ।                  

रातको समयमा परिवारका सम्पूर्ण सदस्यहरु  सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ। 

null

मृत्यु हुनेमा ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षिय राधिका खनाल, ४ बर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन्। 

आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *