उच्च शिक्षाका लागि अष्ट्रेलिया किन जाने ?

कात्तिक ३०, काठमाडाैं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाईको देश हो अष्ट्रेलिया । पछिल्ला दुई वर्ष यता अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ ।  

शिक्षा मन्त्रालयका अनुसार दुई वर्षमा अन्य देशभन्दा अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको संख्या बढिरहेको छ । अष्ट्रेलिया पछि अमेरिका, क्यानडा, बेलायत, युरोप, जापान जस्ता देशहरुमा विद्यार्थीहरु उच्च शिक्षाका लागि जाने गरेका छन् ।  

राजधानीमा अष्ट्रेलियासँगै माथी उल्लेखित देशरुका लागि काम गर्ने कन्सल्टेन्सीहरुको संख्या पनि उल्लेखनीय रहेको छ । यी मध्ये धेरै कन्सल्टेन्सीले अष्ट्रेलियालाई नै प्रमुख गन्तब्य बनाएर काम गरिरहेका छन् । यसैगरी अष्ट्रेलिया जाने विद्यार्थीलाई एकै थलोमुनी विभिन्न विश्वविद्यालय र कन्सल्टेन्सीहरुलाई भेला गराएर शैक्षिक मेला समेत हुने गरेको छ । शैक्षिक मेला आयोजनामा नाम कमाएको वान अपले विगत ५ वर्षदेखि राजधानीमा विभिन्न समयमा शैक्षिक मेला आयोजना गर्दै आएकोमा अष्ट्रेलियालाई नै लक्षित गरेर पनि शैक्षिक मेला आयोजना गर्दै आइरहेको छ ।  

null

‘उच्च शिक्षासँगै करियर निर्माण गर्ने सवालमा अष्ट्रेलिया अवसरको खानी हो, अझ नेपाली विद्यार्थीका लागि आर्थिक, सामाजिक, शैक्षिक सबै प्रकारले अष्ट्रेलिया सहज बनेको छ ।’ वान अपका इभेन्ट मेनेजर भोला पोखरेल भन्छन्–‘त्यहि भएर हामीले समयसमयमा विद्यार्थीलाई अष्ट्रेलियाका बारेमा एकै ठाउँबाट सहि सूचना प्रवाह होस भनेर शैक्षिक मेला आयोजना गर्ने गरेका छौं ।’  

यसपटक वान अपले आउँदो नोभेम्बर २२–२३ का दिन राजधानीको अन्नपूर्ण होटलमा चौथो मेगा अष्ट्रेलियन एजुकेशन फेयर गर्दैछ । उक्त मेगा अष्ट्रेलियन फेयरमा यसपटक अष्ट्रेलियाकै उत्कृष्ट कलेज सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट, मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी सँगै नेपालका नाम चलेका कन्सल्टेन्सीहरुको सहभागीता रहेको छ । फेयरमा आउने विद्यार्थीले अष्ट्रेलियन कलेज, त्यहाँको शैक्षिक प्रणाली, भिजा प्रकृया, लागत, अध्ययन गर्ने विषयमा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट वान टु वान परामर्श लिन सक्नेछन् । 

‘अरुबेला शैक्षिक परामर्श लिन कन्सल्टेन्सीका ढोकाढोका धाउनुपर्दथ्यो, मेलामा एकै छानामुनी दर्जनौं कन्सल्टेन्सी र कलेजको सहभागिता हुने भएकोले विद्यार्थीलाई परामर्शदाताले भनेको कुरा जजमेण्ट गर्ने असर पनि बन्छ ।’ वानअपका इभेण्ट मेनेजर पोखरेलको जिकिर छ ।  

 

अमेरिका र बेलायतले जसै अन्तराष्ट्रिय विद्यार्थीको प्रवेशलाई कडा गर्यो, अष्ट्रेलियाले भने खुकुलो बनाइदियो । सँगै पछिल्ला दिनहरुमा अष्ट्रेलियामा भईरहेको विकास, त्यहाँको शैक्षिक प्रणालीको विश्वब्यापीकरणले पनि नेपाली विद्यार्थीलाई जानका लागि प्रेरित गरेको छ । ‘अष्ट्रेलियाको शिक्षाले विश्वब्यापी मान्यता पाएको छ । विद्यार्थीले जुनसुकै विषयमा त्यहाँ गएर अध्ययन गरेपनि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँछ, साथै स्वदेश आएरपनि स्थापित हुन सकिन्छ ।’ काठमाडौं इन्फोसिसका सिइओ राजेन्द्र रिजाल भन्छन् ।  

अष्ट्रेलिया प्रति नेपाली विद्यार्थीको आकर्षण बढ्नुको अर्को कारण हो, पोस्ट स्टडी वर्क । अष्ट्रेलियामा ब्याचलर पुरा गरिसकेपछि विद्यार्थीले २ वर्षको पोस्ट स्टडी वर्क पाउँछन् । ‘ पोस्ट स्टडी वर्क (एक्ध्) पाएपछि विद्यार्थीले फुल टाइम काम गरेर आफ्नो अध्ययन पुरा गर्न सक्छन् । जसले विद्यार्थीलाई आफ्नो आर्थिक अवस्था मजवुत बनाउन ठूलो सहयोग पुग्छ ।’ स्काइ कन्सल्टेन्सीका सिइओ राजन श्रेष्ठ भन्छन्–‘अष्ट्रेलियन सरकारले पछिल्लो समय आप्रवासी विद्यार्थीलाई पिआर पाउनका लागि रिमोट एरियामा गएर ५ वर्ष काम गर्नुपर्ने निती ल्याएको भन्ने कुरा आएको छ । यो भनेको पिआर पाए सरह हो । अष्ट्रेलियन सरकारले त्यहाँको ग्रामिण क्षेत्रको विकासका लागि गरेको यो निर्णयले अवसर खोज्ने आव्रवासी विद्यार्थीलाई फाइदा हुन्छ ।’  

साइन्स, मेडिकल साइन्स, इन्जिनियरिङ्ग, मेनेजमेण्ट, होटल मेनेजमेण्ट, आइटी, विजनेश, हस्पिटालिटी लगायतका कोर्षमा अध्ययन गर्न सकिन्छ । पछिल्ला दिनहरु अष्ट्रेलियमा गएर नर्सिङ्ग गर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ ।  

अष्ट्रेलियाको शिक्षा अन्य मुलुकको दाँजोमा सस्तो पनि छ । त्यहाँ सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका कलेज तथा विश्वविद्यालयले पनि राम्रो स्कोर भएका विद्यार्थीलाई आकर्षक स्कलरशिप दिने ब्यवस्था गरेको छ । आइएलटिएसमा ६ अंङ्क भन्दा माथि स्कोर ल्याएका र कक्षा १२ मा ६० प्रतिशत भन्दामाथि अंङ्क ल्याएका नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जान योग्य हुन्छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *