प्रदेश ५ का शिक्षक–कर्मचारी सडकमा, विद्यालय बन्द

७ मंसिर, बुटवल । नेपाल शिक्षक महासंघले प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । 

स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने भन्दै सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । 

शिक्षक महासंघले विभिन्न २६ सूत्री माग राखेको छ । आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेकाले आन्दोलनमा उत्रनुपरेको शिक्षक महासंघका प्रदेश संयोजकले जानकारी दिए । 

null

महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने, तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने लगायतका मागहरु राखेका छन् । 

माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको आन्दोलनमा उत्रिएकाहरुको भनाइ छ । 

बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *