कमाएको रकमले विपन्नका छोराछोरी पढाउँदै सुन्दर

मंसिर ४, काठमाडौँ । न उनि चुनावका उम्मेद्वार, न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । 

कहिले सडक बत्ति जडान त कहिले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होइन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्च छ । 

चुनाव आएपछि यो गर्छु, त्यो गर्छु भन्ने नेताहरुका लागि उनको यो काम यतिबेला गतिलो झापड बनेको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्, ‘उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’ 

null

गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानीमा गाउँ नै सुन्दर बनाउँदैछन् । सुन्दर अर्थात् समृद्धियुक्त । यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । भन्छन्, ‘सकुन्जेल गाउँ विकासमा सहयोग गरिरहने हो, नसकेको दिन देखा जाएगा ।’ 

 

उनले विद्यालयहरुमा पनि उत्तिकै सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन् । खेलकुद तथा कला संस्कृतिमा पनि उनको उदाहरणीय योगदान छ । 

सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएका मानिसहरुलाई सुन्दरले अहिलेसम्म खालि हात फर्काएका छैनन् । उनले उर्लाबारी– ९ को प्रभात निमाविमा मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् । यतिमात्र होइन, सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । 

१० जना विद्यार्थी उनको लगानीमा निःशुल्क पढिरहेका छन् । यस्तै उर्लाबारी ९ कै राजघाट निमाविमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् । सार्वजनिक माविमा पक्की स्टेज सुन्दरकै लगानीमा बनेको हो । 

अन्धकार गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारिदिएपछि स्थानीय हर्षित छन् । सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्, ‘धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।’ उनले अब विद्यार्थीको लागि छात्रवृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए । 

हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्रै बाटो बनेको छ । स्थानीय काजी लिम्बू भन्छन्, ’घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अवस्था छैन्, गाडी आगनमै आइपुग्छ ।‘ बाटो खोलेपछि सम्भावना झनै बढेको लिम्बूले बताए । 

सुन्दरको यात्रा 

घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाडाैँ हानिएका थिए । 

खोपीडाँडामा जन्मेहुर्केर काठमाडौँमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका छन् । सुरुमा काठमाडाैँ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्यालामजदुरी गरेका थिए । निर्माण क्षेत्रमा ज्याला मजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति आएको हो । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा संलग्न छन् । सुन्दर भन्छन्, ‘म अझै आफूलाई एउटा लेबर हुँ भन्न रुचाउँछु ।’ 

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा बस्दै आएका श्रेष्ठको बाल्यावस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाइमध्ये कान्छा उनि पढाइमा असफल भएपछि एसएलसी दिएर काठमाडौँ हानिएका थिए । 

उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेउमा काठको घर बनाए । अहिले उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् । 

ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । उनको सोच छ, ‘हाम्रा सन्ततीले हामीले जस्तो दुःख नपाउन् ।’ 

श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिता  पनि सन्तुष्ट छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *