ब्रेन ट्युमरको परिचय र लक्षण

ब्रेन ट्युमरलाई आजभोली सामान्य रुपमा लिन थालिएको छ। समाजमा ब्रेन ट्युमरबाट धेरैजना पीडित भएको सुन्न पाइन्छ। ब्रेन ट्यूमर मस्तिस्कमा मासु पलाउने एक खतरनाक रोग हो । सुरुवाती अवस्थामै यसको पहिचान भएमा यो रोग पूर्णतया निको पार्न सक्निछ । 

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । विशेषगरी ब्रेन ट्युमर भएमा मस्तिष्कका कोषिकाहरु असामान्य रुपमा वढ्न थाल्छन्। जसका कारण अन्य कोषिकालाई असर पर्छ ।  

ब्रेन ट्युमरका लक्षणहरुटाउको दुख्नुटाउको दुख्नु नै ब्रेन ट्युमरको पहिलो र समान्य लक्षण हाे । सुरुसुरुमा विहानको समयमा वढी दुख्ने र पछि गएर लगातार दुख्ने हुन्छ । कतिपय अबस्थामा अत्यधिक टाउको दुखाइएको कारण मानिसले आफ्नो मानसिक सन्तुलन पनि गुमाउन सक्छ । 

null

उल्टी आउनु तथा खान मन नहुँनु कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा बिहानको समयमा धेरै हुने गर्छ । तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ । 

मुर्छा पर्नुब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ । जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ । 

शारीरिक तथा मानसिक रुपमा बदलावस्मरण शक्तिमा कमी, स्वभावमा असामान्य परिवर्तन, कमजोर महशसुस, बान्ता हुनु पनि ब्रेन ट्युमरका लक्षणहरु हुन्। 

प्यारालाइसिस महसुस हुनु 

ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ । जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन । विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ । यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ । 

कसरी हुन्छ उपचार ?ब्रेन ट्युमरको उपचार पद्धति भनेको शल्यक्रिया नै हो । मस्तिस्कमा अनावश्यक रुपमा पलाएको मासुलाई काटेर फलेमा मात्र यो रोग पूर्ण रुपमा निको हुनसक्छ । यस बाहेक किमोथेरापी, रेडिएसनथेरापी पद्धतिबाट पनि ब्रेन ट्युमरको उपचार गर्न सकिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *