जनप्रतिनिधिको खबरदारी जनताले गर्नुपर्छः भगवती चौधरी

मंसिर २, सुनसरी । संबृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन नेकपाको सरकार प्रतिबद्ध भएको नेकपाकी केन्द्रिय सदस्य भगवती चौधरीले बताएकी छिन् । आफ्नो गृह जिल्ला सुनसरी क्षेत्र नं. ३ का जनता माझ जाँदै नेतृ चौधरीले सिंहदरबारको अधिकार जनताको घरआँगनमा आएकोले सरकारले गर्ने हरेक काम कारवाहीमा सकारात्मक सुझाब सहित खबरदारी समेत गर्नुपर्ने बताइन् । 

नेकपाको सुनसरी ३ बर्जु गाउँपालिका कमिटिद्घारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीले स्थानीय तहमा जनप्रतिनिधिले गरेका काम कारवाही प्रभावकारी भएको नभएको जनताले निरिक्षण गर्नुपर्ने समेत सुझाब दिइन् । ‘जनताले जिताएर पठाएका जनप्रतिनिधिले गरेका काम ठिक छैनन् भने, त्यसको खबरदारी जनताले नै गर्ने हो । सिंहदरबारको अधिकार गाउँमा आएको छ, मुलुकको विकास र संबृद्धिका लागि यो सरकारलाई जनताले साथ दिन आवश्यक छ ।’ उनले भनिन् ।  

 

null

उनले सो क्षेत्रका समस्या निराकरणका लागि आफुपनि लागि परेको बताउँदै स्थानीय तह र केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । नेतृ चौधरीले उक्त अवसरमा पार्टीको समसामयिक सन्दर्भ, राजनीतिक, आर्थिक, माक्र्सवादी अर्थ शाष्त्र र आधुनिक बैज्ञानिक समाजवादको बारेमा प्रशिक्षण दिएकी थिइन् ।  

कार्यक्रममा सरकारका काम कारवाही र समसामयिक सन्दर्भमा बोल्दै पूर्व माओवादी पोलिटब्यूरो सदस्य मुकेशले समसामयिक सन्दर्भसँगै नेपालका कम्युनिष्ट पार्टीहरुको इतिहास, बर्तमान नेकपा सरकारको रणनितिक कार्यदिशाका बारेमा सहभागी नेता कार्यकर्तालाई जानकारी गराएका थिए । 

यस्तैगरी नेकपाका केन्द्रिय सदस्य निरञ्जन बरालले पार्टी एकताका विषयमा बोल्दै पार्टी समायोजनामा जाँदा दुवै पक्षबाट सम्मानजनक प्रतिनिधित्व गराएर अगाडी बढ्ने बताए ।  

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै धर्मराज निरौलाले समसामयीक परिस्थिति र पार्टीको बर्तमान कार्यभार, पार्टीको घोषणपत्र, सरकारको निति तथा कार्यक्रम र समाजवादको सन्दर्भमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । 

उक्त कार्यक्रममा चिरञ्जिवी भट्टराईले सहकारी सञ्चालन कार्यविधि र युवा स्वरोजगारका बारेमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा सो क्षेत्रका एक सय १२ भन्दा बढि अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *