त्रिवि शिक्षण अस्पतालमा निर्मलाका बुुवा, के भएको हो उनलाई ?

मंसिर १०, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी निर्मलाका न्यायका लागि धर्नामा बसेका बाबु यज्ञराज पन्तलाई आईतबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ । 

मानसिक स्थिति असामान्य देखिएपछि शनिबार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। 

निर्मलाका बाबुआमासँगै उनका दुई काका र सुरक्षाकर्मीसमेत काठमाडौं आएका छन् भने स्वास्थ्यको चेक जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सँगै आएका छन् । 

null

 

निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि काठमाडौं उपचारको लागि ल्याइएको हो। 

 

प्रारम्भिक स्वास्थ्य परिक्षणमा निर्मलाका बाबु यज्ञराज पन्तको कलेजोमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरुले भिडियोमा आएजस्तो गम्भीर अवस्था नभएको पनि जानकारी दिए । यज्ञराज पन्तमा तनावको असरले गर्दा फरक फरक व्यवहार देखिएको चिकित्सकले बताए । 

निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *