समिरमान जेल परेपछि हतियार ‘बन्दोबस्ती’ को काम गर्थिन् माया

कात्तिक १८, काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यासहित अन्य दुई घटनामा संलग्न रहेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले माया शेयरचन बस्नेतलाई पक्राउ गरेको छ । 

मायाका श्रीमान् समिरमान सिंह बस्नेत समूहका सुटर उदयपुरका अमरबहादुर राना, विर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । तीनैजनाले बयानमा मायाको संलग्नता खुलाएपछि उनी विरुद्ध अनुसन्धान सुरु भएको थियो। 

महानगरीय अपराध महाशाखाको टोलीले अदालतबाट पक्राउ पूर्जी लिएर आईतबार नियन्त्रणमा लिएको हो। 

null

गौचन हत्या आरोपमा कारागारमा रहेका समिरमानसँग नियमित भेटघाटमा रहेकी माया समिरमानकै योजनामा हत्यामा प्रयोग भएको हतियार उपलब्ध गराउने, फरार अभियुक्तहरुलाई रकम पठाउने लगायतका विभिन्न कामहरु गर्ने अर्थात् पुरै ग्याङ चलाउने काम गरेको प्रमाणका आधारमा मायालाई नियन्त्रणमा लिइएको स्रोतले बतायो । 

समिरमान र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको योजनामा व्यवसायी शरदकुमारको २३ असोज २०७४ मा हत्या भएको थियो। हत्यापछि फरार रहेका समिरमानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *