दुई बोतल वाइन पिएर विमान उडाउन तम्सिएका पाइलट हिरासतमा

कात्तिक १६ । जापान एयरलाइन्सको फ्लाइट जेएल–४४ लण्डनबाट टोकियोका लागि उडान भर्न लागेको थियो । विमान टेकअफ हुनुभन्दा ५० मिनेट पहिले नशामा लट्ठिएका पाइलटलाई हिरासतमा लिइयो । उनलाई नियन्त्रणमा लिएसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ । 

यस विमानका पाइलटले अधिकतम मात्रामा मादक पदार्थ सेवन गरेका थिए । जापान एयरलाइन्सले आफ्नो पाइलटको यस गल्तीप्रति माफी समेत मागेको छ । उक्त विमानमा २४४ यात्रु सवार थिए ।  

४२ वर्षीय पाइलट कत्सुतोशी जित्सुवावा जब बसबाट रनवेमा रहेको विमान नजिक जाँदै थिए, तब बसका ड्राभरलाई महशुस भयो कि पाइलटले मादक पदार्थ सेवन गरेका छन् । ड्राइभरले तुरुन्तै जापान एयरलाइन्सका अधिकारीलाई खबर गरिदिए । त्यसपछि पाइलटको रगत जाँच गरियो । रगतमा निश्चित मात्रा भन्दा १०९ मात्रा बढी म्याग्नेशियम अक्साइड पाइयो । 

null

जानकारी अनुसार पाइलटले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले अदालतमा गएराति दुई बोतल वाइन र एक बोतल बियर पिएका थिए । उनी अझै हिरासतमा नै छन् । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *