१३ वर्षीय बालिका, जसले आफ्नै शरीरमा आगो लगाइन्

मंसिर १३, राजविराज । सप्तरीमा एक युवतीले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्या गरेकी छिन् । 

सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरीले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेकी हुन् । 

आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिए । 

null

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *