विद्यालयको छात्रावासमा सुतिरहेका ७९ बालबालिका अपहरित

कात्तिक २०, क्यामरुन । क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ । 

विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको छ । 

बामेन्दा इलामा रहेको यस प्रस्बाइटेरिआन निम्न माध्यामिक विद्यालयमा प्रवेशद्धारमा सुरक्षाको लागि खटिएका गार्डलाई जबरजस्ती हटाएर केही व्यक्तिहरु विद्यालयमा प्रवेश गरी सुरतिरहेका बालबालिकालाई अपहरण गरेको बताइएको छ । 

null

सशस्त्र आएका यी व्यक्तिहरुले ती बालबालिका र प्रधानाध्यापकसहित अन्य तीन व्यक्तिलाई पनि अपरहण गरेका थिए । यस अपहरणपछि प्रहरी र सैनिक अधिकारीहरुले अपहरित व्यक्तिको खोजी भइरहेको बताएका छन् । 

अङ्ग्रेजीभाषी यी पृथकतावादी लडाकूहरुले क्यामरुनबाट अलग हुन पाउनुपर्ने माग राखेर संघर्ष गरिरहेका छन् । यी अपहरणकारीहरु ती बालबालिकालाई प्राय अशान्त भइरहने क्यामरुनको उत्तर र दक्षिणपश्चिमी क्षेत्रमा लगेको हुनसक्ने आशङ्का गरिएको छ । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *