आज मंसिर १० गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर १०, काठमाडौं । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको योग छ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य क्षेत्रमा प्रगती हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । 

null

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नियमित खर्चसमेत बढ्ने योग छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भूमि लाभ रहला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । तिर्थाटनको योगछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सोचेको आटेको काममा फाइदा मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेममा मनमुटाव रहला ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *